सोमबार, भदौ ८, २०८३

सुर्खेतका सबै पसल खुला गर्ने निर्णय

भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएका छन्। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएका छन्। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको संघले जनाएको छ। दुई महिना लामो बन्दाबन्दीपछि सरकारले निजी क्षेत्रलाई राहतका प्याकेजहरु दिन नसकेको भन्दै पसलह खोल्ने निर्णय गरेको हो ।

‘दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेको निजी क्षेत्रलाई सरकारले राहतका प्याकेजहरु घोषणा गर्छ कि भन्ने निजी क्षेत्रको अपेक्षालाई सरकारले पूर्ण रुपमा उपेक्षा गरिदिएको छ,’ संघका अध्यक्ष धनबहादुर रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारको अकर्मण्यता र वेवास्ताबाट प्रताडित भइसकेको अवस्थामा पसलहरु सञ्चालनमा ल्याउने बाध्यात्मक निष्कर्षमा पुगेका छौँ ।’

निजी क्षेत्रले भोग्नुपरिरहेको कठिनाइलाई पूर्ण रुपमा बेवास्ता गर्दै हालसम्मको सहनशिलता र धैर्यतालाई कमजोर ठानेको, बजेटमार्फत् राहतका प्याकेजहरु ल्याउन नसकेको र लकडाउन थप्नेबाहेक कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी प्रयास नगरेको भन्दै पसलहरु खोल्न बाध्य भएको संघले जनाएको छ ।

‘विकल्प बिहीन बनाइएको बन्दाबन्दीलाई थप समय थेग्न सक्ने अवस्था र संयमता अब निजी क्षेत्रमा छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘बन्दाबन्दीको जोखिमपूर्ण अवस्थामा निजी क्षेत्रले अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउँदा पनि सरकारले निजी क्षेत्रको जर्जर अवस्थालाई नजरअन्दाज गर्दा हामी निकै दुःखी भएका छौँ ।’

प्रकाशित: Jun 02, 2020| 15:52 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।