सोमबार, भदौ ८, २०८३

कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ संक्रमित पहिचान भएका हुन्। यो सँगै संक्रमितको संख्या २६२ पुगेको हो।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं - कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ संक्रमित पहिचान भएका हुन्। यो सँगै संक्रमितको संख्या २६२ पुगेको हो।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठजना, वडा नं ३ का तीनजना, सल्यानको दार्मा गाउँपालिकाका नौजना, सुदूरपश्चिम प्रदेश अछामको मंगलसेन नगरपालिका–४ का एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो। अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ। नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ। कर्णालीमा पहिचान भएका सबै संक्रमित भारतबाट फर्किएका हुन्। हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पीसीआरका लागि स्वाब संकलन कार्य भइरहेको छ। मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन्।

प्रकाशित: Jun 02, 2020| 15:33 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।