सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६५० को रक्सी ७९० रुपैयाँमा बेच्ने केके मार्टलाई ३ लाख जरिवाना

६५० को रक्सी ७९० रुपैयाँमा बेच्ने केके मार्टलाई ३ लाख जरिवाना

बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ।

बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली मदिरा बिक्री गरेवापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार रु. ६५० को मदिरालाई रु. ७९० मा बिक्री गरेको भेटिएपछि उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु. तीन लाख जरिवाना गरिएको हो । “उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै वाइन खरीद गर्दा बढी मूल्य लिएको भेटेपछि कारवाही गरिएको होे,” उनले भन ।

त्यस्तै आज नै हाँडीगाउँस्थित धन्वन्तरि ट्रेडर्सले बिलबिजक जारी नगरी पतञ्जलि आयुर्वेदका सामान बिक्री गरेवापत रु. दुई लाख जरिवाना गरिएको छ। उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकललगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ ।

रासस

प्रकाशित: Jun 02, 2020| 15:09 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।