सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोती घटना : नवराजका बाबु भन्छन्- दलित भएकै कारण मेरो छोराको हत्या गरियो

सोती घटना : नवराजका बाबु भन्छन्- दलित भएकै कारण मेरो छोराको हत्या गरियो

हत्यारालाई कारबाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाऊन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

जाजरकाेट- पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा मारिएका नवराज विकका पिता मुनलाल विकले घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन्।

घटनाको स्थलगत अध्ययनका लागि जाजरकोट पुगको राष्ट्रिय मानवअधिकार आयोगको टोलीसँग उनले यस्तो माग गरेका हुन्।
'दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो', नवराजका बुवा मुनलाल विकले भने, 'हत्यारालाई कारबाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाऊन्।'

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ।

टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो।

स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए।

उनले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भने, 'हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छौं। यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौं। स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौं। सरकारलाई दिन्छौं। हाम्रो खबरदारी निरन्तर जारी रहनेछ।' 

यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ।

 

प्रकाशित: Jun 02, 2020| 14:36 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।