सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सांसद पनि संविधान संशोधन विधेयक दर्ता गराउँदै

कांग्रेस सांसद पनि संविधान संशोधन विधेयक दर्ता गराउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले पनि संविधान संशोधन विधेयक दर्ता गराउने भएका छन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले पनि संविधान संशोधन विधेयक दर्ता गराउने भएका छन्।

मधेशमा उठ्दै आएका विषयहरुलाई समेटेर संविधान संशोधनका लागि प्राइभेट बिलका रुपमा दर्ता गराउन लागिएको कांग्रेस सांसद अमरेश कुमार सिंहले जानकारी दिएका छन्।

सिंहका अनुसार मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने आठ जना सांसदहरु विधेयक दर्ता गराउन संसद सचिवालय पुगेका छन्।

तर, विधेयकको फर्म्याटमा परिवर्तन गर्नुपर्ने भएकोले आज साँझसम्म दर्ता हुने नेता सिंहले बताए।

उनका अनुसार नागरिकता, भाषा र प्रदेश लगायतको विषयमा संविधान संशोधन दर्ता गराइँदैछ।

सरकारले दर्ता गराएको नक्सा सम्बन्धी संशोधनको पक्षमा मतदान गर्ने निर्णय नेपाली कांग्रेसले गरिसकेको छ। तर, कांग्रेसका मधेशी सांसदहरुले त्यस विषयमा थप छलफल गर्न आवश्यक रहेको बताएका छन्।

प्रकाशित: Jun 02, 2020| 14:28 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।