सोमबार, भदौ ८, २०८३

लकडाउनबीच डाक्टर केसीले दार्चुलामा सुरु गरे अनशन

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको दार्चुलाबाट अनशन सुरु गरेका छन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको दार्चुलाबाट अनशन सुरु गरेका छन्।

भारतबाट मिचिएको भूमि फिर्ताको पहल तथा गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था लगायतका माग राख्दै केसीले दुई दिने अनशन मंगलबारबाट सुरु गरेका हुन्।

महाकाली नगरपालिका–५ स्थित जगन्नाथ मन्दिर गल्फैमा पत्रकार सम्मेलन आयोजना गरी केसीले आफ्नो १८ औं अनशन सुरु गरेका हुन्।

भारतबाट मिचिएको भूमि फिर्ताका लागि चाँडो पहल गर्नुपर्ने, दार्चुलालगायत सहितका सीमा क्षेत्र फिर्ता हुनुपर्ने, देशभरका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने केसीले माग अघि सारेका छन्।

डा. केसीका तीन बुँदे मागमा विगतका सत्याग्रहमा गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

दुरदराजका विपन्न समेत सबै नागरिकले गुणस्तरीय सेवा पाउने तथा योग्य विद्यार्थीले इच्छाएको विषय पढ्न पाउने अधिकार स्थापना गर्नु आफ्नो मुख्य ध्येय रहिआएको डा. केसीले बताए।

केसी नेपालमा स्वास्थ्य सेवा प्रवाहमा रहेको विकराल असमानता र सेवा अभावको अवस्थाप्रति सरकारको ध्यान तान्न यसअगाडि जुम्ला, इलाम र डडेलधुराजस्ता ठाउँमा सत्याग्रह बसिसकेका छन्।

“काठमाडौंमा नाफामुलक निजी मेडिकल कलेज धमाधम खोलेर करोडौं खर्च गरेर डाक्टर उत्पादन गर्नुभन्दा जुम्ला, डडेलधुरा, धनगढी, दाङ, उदयपुर, इलाम, बर्दिवासजस्ता ठाउँमा सरकारी मेडिकल कलेज खोलेर त्यस वरपरको ठूलो जनसंख्यालाई विशेषज्ञ तहको सेवा दिनुपर्छ,” केसीले भने, “ती क्षेत्रका जेहेन्दार विद्यार्थीलाई निःशुल्क डाक्टर बनाएर दुरदराजका प्राथमिक स्वास्थ्य केन्द्रसम्म परिचालन गरेर सेवाको पहुँच निकै विस्तार गर्नुपर्छ।”

त्यसो गर्नुको बदला राज्यले स्वास्थ्य र मेडिकल शिक्षामा अन्धाधुन्ध व्यापारीकरण गरेकाले आज सुदूरपश्चिमको दार्चुला लगायतका जिल्लामा सामान्य स्वास्थ्य सेवाका लागि समेत भारतमा भर पर्नुपर्ने अवस्था रहेको उनले बताए।

 

प्रकाशित: Jun 02, 2020| 13:58 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।