सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'गाउँको बाटो हिँड्दा कोरोना सर्छ' भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण, घाइतेलाई ट्रमा सेन्टर ल्याइयो

'गाउँको बाटो हिँड्दा कोरोना सर्छ' भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण, घाइतेलाई ट्रमा सेन्टर ल्याइयो

आफ्नो गाउँको बाटो भएर हिँड्दा कोरोना संक्रमण फैलिन्छ भन्दै डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

आफ्नो गाउँको बाटो भएर हिँड्दा कोरोना संक्रमण फैलिन्छ भन्दै डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।

मदिरा सेवन गरेका स्थानीयको समूहले स्वास्थ्य सामग्री लिएर जाँदै गरेका एक स्वास्थ्यकर्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

शिखर नगरपालिका–९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि वडा नम्बर ७ को बोगटा गाउँका तीन जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।

वडा नम्बर ७ को लाटामाण्डौं स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी जाँदै गर्दा कुँवरमाथि तीन जनाले आक्रमण गरेको नगरपालिकाका स्वास्थ्य संयोजक हरिश साहले बताए।

आक्रमणमा गम्भीर घाइते भएका कुँवरको डडेलधुरा र धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको साहले जानकारी दिए। ढुंगा प्रहारबाट कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ।

कुँवरमाथि कुटपिटमा संलग्न स्थानीय नविन खत्री, रोशन खत्री र तेज लुहारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

प्रकाशित: Jun 02, 2020| 13:26 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।