सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिम र कर्णालीमा २९ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

सुर्खेत- सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुदुरपश्चिम प्रदेशको अछामका ९ जना, कर्णाली प्रदेशको सुर्खेतका ११ र सल्यानका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का ८ जना, वडा नं. ३ का तीन जना र सल्यानको दार्मा गाउँपालिका वडा नं १ का एक जना,  वडा नं. २ का दुई जना, वडा नं ३ का दुई जना र वडा नं. ४ का चार जना छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको र्सख्या २५० पुगेको छ। यीमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

हाल कर्णालीमा अछाम, बजुरा र बझाङका एक/एक जना गरी कुल १५२ जना उपचाररत छन् ।

संक्रमित सबै भारतबाट आएको कर्णाली प्रदेश सामाजिका विकास समन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

प्रकाशित: Jun 02, 2020| 13:25 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।