अछाम- जिल्ला अस्पताल, अछामले अत्यावश्यकबाहेकका बिरामीलाई उपचारका लागि अस्पताल नआउन आग्रह गरेको छ।
सरकारले अस्पताललाई कोभिड १९ को उपचार तथा रोकथामका लागि लेभल-१ अस्पताल तोकिएपछि अस्पतालले सूचना जारी गर्दै अन्य सामान्य बिरामीलाई उपचारका लागि नआउन आग्रह गरेको हो।
लेभल-१ अस्पताल तोकिएपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्नुपर्ने र यसले अन्य सामान्य खालका बिरामीलाई संक्रमणको जोखिम हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले जारी गरेको सूचनामा उल्लेख छ।
अस्पतालले यसबाट सेवाग्राहीप्रति भएको असुविधाप्रति क्षमायाचना गरेको छ।