सोमबार, भदौ ८, २०८३

अछाममा एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना पुष्टि

अछाममा जिल्ला अस्पतालका एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं- अछाममा जिल्ला अस्पतालका एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

एम्बुलेन्स चालक मंगलसैन नगरपालिका–४ का २३ वर्षीय युवक र मेल्लेख गाउँपालिका–४, कुस्कोटका आठ जनामा कोरोना पुष्टि भएको हो।

कुस्कोटका दुई वटा क्वारेन्टिनमा रहेका २७ वर्षीय एक महिलासहित आठ जनामा कोरोना संक्रमण भेटिएको जनस्वास्थ्य निरीक्षक झपट ढुंगानाले जानकारी दिए।

उनीहरु सबैको सुर्खेत प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको छ। संक्रमित एम्बुलेन्स चालक भने हाल धनगढीमा रहेको बुझिएको छ।

कुस्कोटका संक्रमित यसअघि धनगढीमा संक्रमण भेटिएका युवकसँगै भारतबाट घर आएका हुन्। ती युवकको कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कमा आएका व्यक्तिहरुको खोजी)का आधारमा स्वाब परीक्षण गरिएको थियो।

संक्रमितहरुसँगै एकै दिन भारतबाट एक सय बढी गाउँपालिकामा आएका थिए। ढुंगानाले संक्रमितहरुसँगै आएकाको खोजी र कन्ट्याक्ट टे«सिङ भइरहेको जानकारी दिए।

योसँगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। सोमबार मात्र चौरपाटी गाउँपालिका–२, सोकटमा दुई युवकमा कोरोना संक्रमण भेटिएको थियो।

संक्रमितलाई गाउँमै आइसोलेसनमा राख्ने र लक्षण देखिएपछि मात्र अस्पताल ल्याइने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
अछाममा पछिल्लो अवधिमा भारतबाट आएर क्वारेन्टिनमा बसेकाको संख्या पाँच हजारभन्दा बढी छ।

एम्बुलेन्स चालकलाई नै संक्रमण भेटिएपछि अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी तथा अन्य सम्पर्कमा आएकाको स्वाब संकलन भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 02, 2020| 11:48 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।