सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानमा उपचाररत १८ जना संक्रमणमुक्त, बैतडीको क्वारेन्टिनमा २२ वर्षीया युवतीको मृत्यु

धरानमा उपचाररत १८ जना संक्रमणमुक्त, बैतडीको क्वारेन्टिनमा २२ वर्षीया युवतीको मृत्यु

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा  रहेका संक्रमितमध्ये १८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

इटहरी- धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा  रहेका संक्रमितमध्ये १८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

दुईपटक पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरेको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डिस्चार्ज भएकामध्ये एक जना धरानकी महिला हुन् भने बाँकी झापाका ।

प्रतिष्ठानको आइसोलेसनमा रहेका बाँकी ८० संक्रमितको स्वास्थ्य  अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

क्वारेन्टिनमा मृत्यु

बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक क्वारेन्टिनमा रहेकी एक युवतीको सोमबार साँझ मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ घरकी २२ वर्षीया युवती आफन्तसँगै भारतबाट फर्किएपछि उनलाई स्थानीय मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो।

नगरपालिकाका प्रवक्ता दले धामीका अनुसार युवतीमा मुटु सम्बन्धी समस्या थियो।

जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरीने उनले बताए ।

प्रकाशित: Jun 02, 2020| 11:33 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।