सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा एक महिनामा ४२ गुणाले बढ्यो कोराना संक्रमण, अझै फैलिने विज्ञको चेतावनी

नेपालमा एक महिनामा ४२ गुणाले बढ्यो कोराना संक्रमण, अझै फैलिने विज्ञको चेतावनी

गत वैशाख २० गते जम्मा ४३ जना संक्रमित रहेकोमा जेठ २० गतेसम्म आइपुग्दा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । ६० जिल्लामा संक्रमण फैलिएको छ ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं- नेपालमा पछिल्लो एक महिनामा कोरोना संक्रमणदर ४२ गुणाले बढेको छ ।

गत वैशाख २० गते जम्मा ४३ जना संक्रमित रहेकोमा जेठ २० गतेसम्म आइपुग्दा संक्रमितको संख्या १ हजार ८११ पुगेको छ। त्यस्तै संक्रमण ६० जिल्लामा पुगिसकेको छ ।

जेठ १९ गते सोमबार एकै दिनमा २३९ जना संक्रमित थपिए भने एक दिनअघि जेठ १८ गते आइतबार १७१, शनिबार १८९, शुक्रबार १७०, बिहीबार १५६, बुधबार ११४ र मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको छ ।

एक महिनाअघि वैशाख २० गते ४३ जना संक्रमित रहेकोमा त्यसयता विस्तारै बढेको संक्रमण दर वैशाख ३० गते आइपुग्दा २१७ पुगेको थियो । सो दिन एकैपल्ट ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता लगातार बढेको संक्रमण दरले हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड राख्दै आएको छ ।

जेठ महिना लागेपछिको १९ दिनमा मात्रै १ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको छ । लकडाउनपछि एक लाख बढि नेपाली भारतबाट आएसँगै नेपालमा संक्रमण दर ह्वात्तै बढेको छ ।

भारतबाट आएकालाई व्यस्थित तरिकाले नराखे संक्रमण झनै भयावह हुनसक्ने जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी बताउँछन् । उनी भन्छन्– 'स्वदेश फर्किन चाहनेलाई ल्याउनु राम्रो भए पनि सीमामा उनीहरुको जाँच र क्वारेन्टिनको उचित व्यवस्था नहुँदा निम्तिने भयावह अवस्थाप्रति सरकार गम्भीर बन्नु पर्छ ।'

सीमा व्यवस्थित बनाउने र भारतबाट आउनेलाई गतिलो व्यस्थापन नगर्ने हो भने अर्को महिना दशौं गुणाले संक्रमण फैलिन सक्ने उनको चेतावनी छ ।

अर्का जनस्वास्थ्यविद् डा शरद वन्त संक्रमण फैलिन नदिन सरकारले विदेशबाट आएकालाई व्यस्थित तरिकाले क्वारेन्टिनमा राख्ने र परीक्षणको दायरा अझै बढाउनु पर्ने बताउँछन् । उनका अनुसार जति धेरै परीक्षण भयो संक्रमण फैलिन नदिन उतिनै सहयोग हुनेछ ।

नेपालमा मंगलबार बिहानसम्ममा १ हजार ८११ जनामा कोरोना पुष्टि भएको छ भने ७१ हजार ९०३ जनामा परीक्षण गरिएको छ । ८ जनाको कोरोनाकै कारण मृत्यु हुँदा २२१ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित: Jun 02, 2020| 11:13 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।