सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् कोरोनाबाट अति प्रभावित दस मुलुक, भारत सातौं स्थानमा

यी हुन् कोरोनाबाट अति प्रभावित दस मुलुक, भारत सातौं स्थानमा

कोरोनाबाट प्रभावित २ सय १३ मुलुकमध्ये २१ मुलुकमा ५० हजार बढी संक्रमित छन् भने १४ मुलुकमा एक लाख बढी संक्रमित छन् । ६ मुलुकमा २ लाख बढी संक्रमित छन् ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ६२ लाख ६५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट मंगलबार बिहानसम्ममा ३ लाख ७५ हजार ५ सय २६ जनाको मृत्यु भएको छ।

कोरोनाबाट प्रभावित २ सय १३ मुलुकमध्ये २१ मुलुकमा ५० हजार बढी संक्रमित छन् भने १४ मुलुकमा एक लाख बढी संक्रमित छन्। ६ मुलुकमा २ लाख बढी संक्रमित छन्।

भारतमा संक्रमितको संख्या २ लाख नजिक पुगेको छ। कोरोनाबाट अति प्रभावित मुलुकको सातौं सूचीमा परेको भारतमा केही दिनयता दिनहुँ ७ देखि ८ हजार नयाँ संक्रमित थपिने गरेका छन्।

संक्रमित र मृतक सबैभन्दा बढी अमेरिकामा छन्। जहाँ अहिलेसम्म १८ लाख ११ हजारभन्दा बढी संक्रमित छन् भने १ लाख ५ हजार १ सय ६५ जनाको मृत्यु भएको छ।

कोरेनाबाट अति प्रभावित मुलुकको दोस्रो नम्बरमा ब्राजिल छ। जहाँ ५ लाख २६ हजार ४ सय ४७ जना संक्रमित छन् भने २९ हजार ९ सय ३७ जनाको मृत्यु भएको छ।

तेस्रो प्रभावित मुलुक रुसमा ४ लाख १४ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ।

चौथाें प्रभावित मुलुक बेलायतमा २ लाख ७७ हजार ७ सय ३६ जना संक्रमित हुँदा ३९ हजार १ सय २७ जनाको मृत्यु भएको छ।

पाँचौं कोरोना प्रभावित मुलुक स्पेनमा २ लाख ३९ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ।

छैटौं प्रभावित मुलुक इटालीमा २ लाख ३३ हजार १ सय ९७ जना संक्रमित हुँदा ३३ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ ।

सातौं कोरोना प्रभावित मुलुक भारतमा १ लाख ९८ हजार ३ सय ७० जनामा कोरोना पुष्टि हुँदा ५ हजार ६ सय ८ जनाको मृत्यु भएको छ।

आठौं प्रभवित मुलुक फ्रान्समा १ लाख ८९ हजार ३ सय ४८ जना संक्रमित भएका छन् भने २८ हजार ८ सय ३६ जनाको मृत्यु भएको छ।

नवौं प्रभावित मुलुक जर्मनीमा १ लाख ८३ हजार ५ सय ९४ जना संक्रमित हुँदा ८ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ।

दसाैं प्रभावित मुलुक पेरुमा १ लाख ७० हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jun 02, 2020| 09:01 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।