सोमबार, भदौ ८, २०८३

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना पुष्टि

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

पोखरा- पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दू शर्माका अनुसार पर्वतमा पहिलो पटक ५ मा जनामासंक्रमण पुष्टि भएको हो भने स्याङजामा ५ जना नयाँ संक्रमित थपिएका हुन् ।

पर्वतको फलेबास नगरपालिका बस्ने २० र ४० वर्षका २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिकाका बस्ने १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० वर्षका ४ जना पुरुष र सोही जिल्ला बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । १० नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

प्रकाशित: Jun 02, 2020| 08:04 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।