सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनबाट घर फर्किदै गर्दा एक पुरुषको बाटोमै मृत्यु

क्वारेन्टिनबाट घर फर्किदै गर्दा एक पुरुषको बाटोमै मृत्यु

स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

स्याङ्जा– स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गर्दा कार्की अचानक बाटोमै बेहोस भएर ढलेका थिए ।

उनलाई गाउँपालिकाको सवारी साधनमा हालेर गण्डकी प्रदेश अस्पताल पोखरा पुर्‍याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात आइतबार पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ । रासस

प्रकाशित: Jun 02, 2020| 07:37 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।