सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले ल्यायो वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका, असार १ देखि पठनपाठन

सरकारले ल्यायो वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका, असार १ देखि पठनपाठन

लकडाउनका कारण शैक्षिक गतिविधि ठप्प भएको साढे २ महिनापछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन सुचारु गराउन निर्देशिका ल्याएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

लकडाउनका कारण शैक्षिक गतिविधि ठप्प भएको साढे २ महिनापछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन सुचारु गराउन निर्देशिका ल्याएको छ।

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ नाम दिइएको उक्त निर्देशिकाअनुसार असार १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ।

कोरोना महामारी अन्त्य भएर विद्यालय खुली नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ। विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय नभएको मन्त्रालयले प्रष्ट पारेको छ।

‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्त हुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ।

१२ पृष्ठ लामो निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ। इन्टरनेट, रेडियो, टिभी, अनलाइन, अफलाइनबाट पठनपाठन गर्न सकिन्छ।


मन्त्रालयले जारी गरेको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले पालना गर्नुपर्नेछ। निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतका भूमिका उल्लेख गरिएको छ।

यस्तो छ निर्देशिका

प्रकाशित: Jun 02, 2020| 06:30 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।