सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एन्फा अध्यक्षलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

एन्फा अध्यक्षलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ। उनलाई कारबाहीको माग गर्दै चार जिल्लाका जिल्ला अध्यक्षले उजुरी दिएका हुन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं - अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ। उनलाई कारबाहीको माग गर्दै चार जिल्लाका जिल्ला अध्यक्षले उजुरी दिएका हुन्।

उजुरी दिनेमा एन्फा जिल्ला समिति काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका अध्यक्ष रहेका छन्। भक्तपुर फुटबल संघका अध्यक्ष गौतम सुखजु हुन् भने ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा हुन्। त्यस्तै काठमाडौं फुटबल संघका अध्यक्ष विराट जंग शाही र धादिङ फुटबल संघका अध्यक्षमा दिपक खतिवडा रहेका छन्। अहिले ललितपुरका अध्यक्ष थापालाई भने एन्फाले निलम्बनमा राखेको छ।

उनीहरुले शेर्पा नेतृत्वले एन्फाविरुद्ध निर्वाचित हुँदैको समयबाट अनियमितता, समिति स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाएका छन्। उजुरीमा लेखिएको छ, ‘केही समययता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वेच्छाचारी ढंगले ब्यक्ति आग्रह पूर्वाग्रह राखि फुटबलको हितविरुद्धको कार्य गर्दै आएका छन्। निजले गरेका गलत कार्यहरु समयमा नै नरोकिए फुटबल खेलको अवस्था झनै दयनीय हुनेसमेत जानकारी गराउँछौं’

उनलाई क्षेत्रीय हिसाबले भेदभाव गरेको अर्को आरोप पनि लगाइएको छ। एक युट्युव च्यानललाई दिएको अन्तर्वार्तामा उनले तराईको चार जिल्लाका मानिसलाई राष्ट्रियता सिकाउनुपर्ने भन्ने विवादित अभिव्यक्ति दिएपछि सो अभिव्यक्ति विवादित बनेको थियो।

प्रकाशित: Jun 01, 2020| 18:51 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।