सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : कोरोना संक्रमितको संख्या ६९५ (जिल्लागत विवरणसहित)

प्रदेश २ : कोरोना संक्रमितको संख्या ६९५ (जिल्लागत विवरणसहित)

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ पुगेको छ। प्रदेशमा सोमबार मात्र ८५ जनामा संक्रमण भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ पुगेको छ। प्रदेशमा सोमबार मात्र ८५ जनामा संक्रमण भएको छ।
सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा सप्तरीमा १२, सिरहामा ५, धनुषामा ७, महोत्तरीमा २, सर्लाहीमा ३८ र रौतहटमा १८ जना संक्रमित थपिएको जनाएको छ।

सोमबार थपिएका संक्रमित सबै भारतबाट आएर आ–आफ्नो जिल्लाको क्वारेन्टिनमा बस्दै आएका हुन्।

मन्त्रालयको विवरणअनुसार प्रदेश २ को रौतहटमा सबैभन्दा बढी २३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा ३ हजार ५६६ जनाको स्वाब संकलन भएकोमा २३४ जनामा संक्रमण पुष्टि भएको र १ हजार ७५६ जनाको नतिजा आउन बाँकी छ।

सर्लाहीमा ११० जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीमा ७५८ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
पर्सामा १०३ जनामा संक्रमण पुष्टि भएको छ भने २८१ जनाको नतिजा आउन बाँकी छ।

धनुषामा ७७ जनामा संक्रमण पुष्टि भएको छ। धनुषामा २ हजार २०३ जनाका स्वाब संकलन भएकोमा १८९ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ।
सप्तरीमा ५५, सिरहामा ३०, महोत्तरीमा २९बारामा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ९९ जना निको भइसकेको छ।

प्रकाशित: Jun 01, 2020| 19:05 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।