सोमबार, भदौ ८, २०८३

फेरि थपिए १३ संक्रमित, जम्मा संख्या १८११

प्रदेश नं. ५ का विभिन्न जिल्लामा पुनः १३ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- प्रदेश नं. ५ का विभिन्न जिल्लामा पुनः १३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार (आज) साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर कोरोनाका संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।

साँझ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा गरेर १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका १९ देखि ४० वर्षका ७ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ।

त्यस्तै पाल्पाको निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासीको सरावल गाउँपालिकाका ५ वर्षीय बालक, गुल्मीको रेसुंगा गाउँपालिकाका २६ वर्षीय पुरुष तथा रुपन्देहीको र्गैडहवा गाउँपालिकाकी एक ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुषसहित प्रदेशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना परीक्षण गरिएको थियो।

थपिएका १३ जनासहित सोमबारमात्रै २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jun 01, 2020| 18:40 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।