शुक्रबार, फागुन २९, २०८२

यी हुन् बाँके बस दुर्घटनामा ज्यान गुमाउने १२ जना

बाँकेमा आइतबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै १२ को सनाखत भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- बाँकेमा आइतबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै १२ को सनाखत भएको छ। दुर्घटना राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको थियो।

National life

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैयामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो।

मृत्यु हुनेमा ठेगाना नखुलेका निमबहादुर ओली, रोल्पा थवाङ–३ का देउवीर विक, बुद्धिराम विक, भीमबहादुर विक र नरेन्द्र विक छन्।

यस्तै रोल्पा रुन्चेगढी–६ का मोहनचन्द्र विक, दाङ राजपुर– ६ का रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन छन्। चालक गुराँस गाउँपालिका–४ दैलेखका दानबहादुर खड्का र सहचालक वीरेन्द्रनगर–३ तातापानी सुर्खेतका पवन भण्डारी छन्।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो।
भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

चालक र सहचालक गरी ३२ जना सवार उक्त गाडीमा २० जना घाइते भएका छन्। उनीहरुको नेपालगन्जमा उपचार भइरहेको छ। चार जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 01, 2020| 18:13 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।