सुर्खेत - कर्णालीमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित ३५ जनामध्ये सुर्खेतका १६, दैलेखका ९, सल्यानका ९ र अछामको चौरपाटी गाउँपालिका वडा नं. २ का १ जना गरी कुल ३५ जना रहेका छन्।
सुर्खेतको लेकबेशी नगरपालिका वडा नं. १ का ७ जना, वडा नं. २ का १ जना, वडा नं. ३ का २ जना, वडा नं. ५ का १ जना रहेका छन्। सुर्खेतकै भेरीगंगा नगरपालिका वडा नं. ११ का ३ जना र पञ्चपुरी गाउँपालिका वडा नं. १० का १ जना रहेका छन्।
त्यस्तै दैलेखको नारायण नगरपालिका वडा नं. १ का २ जना, वडा नं. ३ का ३ जना र वडा नं. ८ का २ जना छन्। दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ७ का १ जना र नौमुले गाउँपालिका वडा नं. २ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का ४ जना, वडा नं. ४ का ३ जना वडा नं. ६ का २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमित थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ। जसमध्ये दैलेखमा ९८, सुर्खेतमा ५०, सल्यानमा एउटै स्थानीय तहमा ४४, जुम्लामा १९, कालिकोटमा १८ र मुगुमा १ जना छन्। त्यस्तै बाजर, बझाङ र अछामका एक/एक जना पनि सुर्खेतमै उपचाररत छन्। दैलेखमा एक जनाको भने मृत्यु भैसकेको छ।
