जनता समाजवादी पार्टी (जसपा) ले संघीय संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जसपाले संयुक्त रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको हुन्।
सरकारले नयाँ नक्सा जारी गरेर संविधान संशोधन गर्ने प्रक्रिया थालेपछि जसपाले पनि प्राइभेट बिलका रुपमा विधेयक दर्ता गराएको हो।
विधेयकमा राजपाको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादीको तर्फबाट राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
प्रदेशको अधिकार र सिमांकन, भाषा, नागरिकता लगायतका विषयमा जसपाले विधेयक दर्ता गराएको नेता श्रेष्ठले जनाए।