गृह मन्त्रालयले सुर्खेतसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ।
सुर्खेतका सिडिओ रमेश न्यौपानेलाई पाल्पामा पठाइएको छ भने सुर्खेतमा हिरालाल रेग्मीको काज सरुवा गरिएको छ।
महोत्तरीमा कृष्ण बहादुर कटवाल, बर्दियामा लिलाधर अधिकारी, कालिकोटमा चन्द्र गैरे र डोटीमा भीम भट्टराईलाई पठाइएको छ।
यस्तै ओखलढुंगामा कृष्ण पौडेल, दार्चुलामा शरद पोखरेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी र बझाङमा कमलराज भण्डारीलाई जिम्मेवारी दिइएको छ।