सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा एकैदिन थपिए १८ संक्रमित, कूल संख्या ४३ पुग्यो

सुदूरपश्चिममा एकैदिन थपिए १८ संक्रमित, कूल संख्या ४३ पुग्यो

सुदूरपश्चिममा एकैदिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

धनगढी- सुदूरपश्चिममा एकैदिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १४ सहित डोटी, अछाम, कञ्चनपुर र बैतडीका एक-एक जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। संयुक्त अरब इमिरेट्स (युएई)बाट फर्किएका कैलालीको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Jun 01, 2020| 15:02 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।