सोमबार, भदौ ८, २०८३

चौरजहारी घटनाको अनुसन्धानमा सीआईबी

रुकुमपश्चिमको चौरजहारी घटनाको छानविनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि सक्रिय भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- रुकुमपश्चिमको चौरजहारी घटनाको छानविनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि सक्रिय भएको छ।

घटनाको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई पूर्ण रुपमा नदिइए पनि अनुसन्धानमा सीआईबीको टोलीले सहयोग गर्नेछ।

सीआईबीका प्रमुख सहकुल थापाका अनुसार घटनाको छानविनमा सीआईबीले ‘टेक्निकल’ सहयोग गर्दैछ।

जसका लागि दुईजना प्राविधिकलाई सीआईबीले खटाएको छ। सीआईबीको उक्त टोली स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धानमा सहयोग गर्न थालेका छन्।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी प्रेम बिवाह गर्न गएका जाजरकोटका २१ वर्षीय नवराज विकलगायतको हत्या भएको थियो।

विकसहितको हत्याको विरोधमा दिनहुँ प्रदर्शन भइरहेको छ। अधिकारकर्मीहरुले आइतबार गृहमन्त्रीलाई भेटेका थिए भने संसदीय छानविन समितिको माग पनि उठेको छ।

प्रकाशित: Jun 01, 2020| 14:49 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।