भैरहवा- अबैध उत्खननमा प्रयोग भएको आशंकामा रुपन्देहीको देवदह खोला नजिकैबाट प्रहरीले जेसीबी नियन्त्रणमा लिएको छ।
देवदह प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक महतले नदीजन्य पदार्थको लु१ज ३७७९ नम्बरको जेसीबी देवदह खोला नजिकैबाट नियन्त्रणमा लिइएको बताए।
पछिल्लो केही समययता देवदह खोलाबाट रातको समयमा अबैध उत्खनन् भइरहेको स्थानीय बताउँछन्।
केही साताअघि खोलामा रातको समयमा उत्खनन भएको भन्दै त्यहाँका दुई सय स्थानीयले देवदह नगरपालिकामा लिखित उजुरी दिएका थिए। त्यसपछि नगरपालिकाले यसबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।