सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसदको गुनासो- संसदभित्रै भारतीय चेलीको दादागिरी चल्न थाल्यो

सांसदको गुनासो- संसदभित्रै भारतीय चेलीको दादागिरी चल्न थाल्यो

सांसद गंगा चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- सांसद गंगा चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सरिता गिरीलाई ईंगित गर्दै भारतले सीमा नमिचेको कुनै ठाउँ बाँकी नरहेको अवस्थामा संसदमा नै भारतीय चेलीको दादागिरी चलेको आरोप लगाएकी हुन्।

‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन’ चौधरीले भनिन्, ‘भारतले सीमा नमिचेको ठाउँ छैन, नहेपिएको गाउँ छैन।’ ‘हुँदा हुँदा भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो, भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे’ चौधरीले थपिन्।

सांसद गिरीले सरकारले भारतसँग छलफल नै नगरी एकलौटी रुपमा नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन्।

सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्न भूमि मिचाहसँग किन सोध्नुपर्यो भन्दै जवाफ फर्काएकी छिन्। ‘आफ्नो जमिन मेरो हो भन्न पनि भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’ चौधरीले भनिन्, ‘जब प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअका एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन्।’

मन अशुद्ध हुनेहरुको मन्तव्य, लेख र अन्र्तवार्ता आम जनताले पनि स्पष्ट रुपमा पहिचान गर्न थालिसकेको भन्दै चौधरीले विगतमा नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुको मुखुण्डो पनि तिनलाई उचाल्नेहरुबाट नै पर्दाफास हुन बताइन्।

 

प्रकाशित: Jun 01, 2020| 14:04 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।