सोमबार, भदौ ८, २०८३

पोखरामा पीसीआर नेगेटिभ आएका एक जनाको मृत्यु

पीसीआर नेगेटिभ आएका स्याङ्जाका एक व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- पीसीआर नेगेटिभ आएका स्याङ्जाका एक व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

केही दिनअघि भारतबाट आएका ती पुरुषमा पीसीआर रिपोर्ट नेगेटिभ भएपछि घर पठाइएकोमा पुनः अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएपछि पुनः कोरोना परीक्षण गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकनपर्सन नवराज शर्माले जानकारी दिए।

‘पीसीआर रिपोर्ट नगेटिभ आएपछि घर पठाईएको हो, पुनः बिरामी भएर अस्पताल आएकै दिन मृत्यु भयो’, शर्माले भने, ‘कन्फर्म गर्न पुनः एक पटक परीक्षण गर्नुपर्ने भएको छ।’

घरमा बेहोस भएपछि अस्पताल ल्याइएकोमा लगत्तै डाक्टरले मृत घोषित गरेका थिए। सामान्य बिरामी सम्झेर नर्मल रुपमै उपचार गराएका चिकित्सकहरु उनको मृत्यु भएपछि त्रासमा छन्।

उपचारमा संलग्न चिकित्सकले पीपीईसमेत नलगाई बिरामीको परीक्षण गरेका थिए।

प्रकाशित: Jun 01, 2020| 13:30 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।