सोमबार, भदौ ८, २०८३

रूपन्देहीमा २५ जना काेराेना मुक्त

कोरोना पोजेटिभ देखिएर अस्पतालमा उपचारत २५ जना निको भएर घर फर्केका छन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

भैरहवा- कोरोना भाइरस संक्रमण भएर भीम अस्पतालमा उपचार गराइरहेका २५ जना साेमबार निको भएर घर फर्केका छन्। 

कोरोना विशेष अस्पताल भीम अस्पताल भैरहवामा उपचारत २५ जना सबै निकाे भएर घर फर्किएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।

उक्त अस्पतालमा रुपन्देहीका १६, कपिलवस्तु ५, नवलपरासीका ३ र भारतका १ जना गरी २५ जना बिरामी उपचार गराइरहेका थिए। सबै बिरामीको २४ घन्टाभित्र २ पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उपाध्यायले बताए। 

निको भएर घर फर्किनुअघि उनीहरुलाई प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सदस्य सन्तोष पाण्डेलगायतले फूल दिएर सजगता अपनाउन र छिमेकमा पनि कोरोनाका विषयमा सचेतना फैलाउन आग्रह गरेका थिए।

 

प्रकाशित: Jun 01, 2020| 12:57 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।