सोमबार, भदौ ८, २०८३

कैलालीमा बाढीले बगाएर दुई बेपत्ता

कैलालीमा बाढीले बगाएर दुई जना बेपत्ता भएका छन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- कैलालीमा बाढीले बगाएर दुई जना बेपत्ता भएका छन्। चुरे गाउँपालिका–३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बगाउँदा दुई जना मजदुर बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार सहजपुर बोक्टान निर्माणाधीन सडकखण्डमा काम गर्ने कञ्चनपुर, कृष्णपुर नगरपालिका–४, गुलरियाका कमल थापा र सोही ठाउँका २४ वर्षीय गोपाल बिक बेपत्ता भएका छन्।

प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बेपत्ताको खोजी जारी रहेको बताए।

इलाका प्रहरी कार्यालय, फल्टुडेका प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले रातिदेखि परिरहेको अविरल वर्षा नरोकिँदा खोजीमा समस्या भएको बताए। खोलाको वहाब उच्च भएकाले कठिनाई भइरहेको उनले बताए।

सिराहामा पानीमा डुबेर बालकको मृत्यु

सिराहामा खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गएको छ। कर्जन्हा नगरपालिका–४, भुल्केका शम्भु बिकको घरमा बस्दै आएका भान्जा ९ वर्षीय वीरन बिक खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

खेतमा ट्याक्टरले माटो खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 01, 2020| 12:34 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।