सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो, दैलेखमा सबैभन्दा धेरै

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो, दैलेखमा सबैभन्दा धेरै

कर्णालीमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

सुर्खेत- कर्णालीमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

थपिएका संक्रमितमध्ये दैलेखको महावु गाउँपालिका १ र नारायण नगरपालिका १६ जना गरी १७, सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका १० र सुर्खेतको बराहताल गाउँपालिकाका ५ जना छन्।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो।

योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय ९८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

जसमध्ये दैलेखमा सबैभन्दा धेरै ८९, सल्यानमा ३५, सुर्खेतमा ३४, जुम्लामा १९, कालिकोटका १८ र मुगुका १ जना छन्। यस्तै, बझाङ र बाजुराका एक/एक जनालाई पनि कर्णालीमै संक्रमण देखिएको हो।

कर्णालीका संक्रमितमध्ये दैलेखका एक जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Jun 01, 2020| 12:18 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।