सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण

बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण

बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण गरिने भएको छ ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

नेपालगन्ज- बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण गरिने भएको छ।

त्यसका लागि आज (सोमबार) बिहान उनीहरुको स्वाव संकलन गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए। अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन गरिएको उनले बताए।

उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैयामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ। अन्य २१ जना घाइते छन्।

शव भेरी अस्पतालमा राखिएको छ भने घाइतेको सोही अस्पतालमा उपचार भइराखेको छ ।

प्रकाशित: Jun 01, 2020| 10:13 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।