सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्स्याइयो

दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्स्याइयो

ठुलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको रहस्य अझै पनि गर्भमै छ । कहालीलाग्दो हत्याकाण्डको १९ वर्ष बितिसक्दा समेत यसको यथार्थ बाहिर आउन सकेको छैन ।

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । घटना कसले गरायो भन्ने विषय अझै रहस्यमै छ ।

२०५८ जेठ १९ शुक्रबार भएको उक्त घटनाको छानविन गर्न तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा एउटा आयोग गठन गरिएको थियो । त्यसपछि यस सम्बन्धमा थप जाँचबुझ र छानविन गर्न सम्म कुनै समिति बनेको छैन । उक्त समितिले राजपरिवारका केही सदस्यहरुसँग बयान लिएको थियो ।

त्यसमध्येकी एक थिइन् पूर्व युवराज्ञी हिमानी शाह । उनले बयानमा आफूमाथि पनि बन्दुक तेर्स्याइएको तर भाग्यले बाँच्न सफल भएको बताएकी छिन् ।

बयान यस्तो थियो–

समितिः त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्‍यौँँ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।

हिमानीः डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखि नै हामी कार्यक्रममा थियौँ । कार्यक्रममा ८ बजेसम्म सबैजसोको सवारी भैसकेको थियो । ठुलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन ।

तर, ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाँइँ, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङ्ग आवाज आयो ।

अनि ... अनि त्यसपछि कान्छो बुवा अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुनातिर यसो साइड परेर लुकेर हामी बसिराखेका थियौँ। अनि त्यसपछि चुप लागेर बस्यौँ ...त्यसपछि फेरी आएर परर पररररर बन्दुक पड्केको सुनेको त्यति नै ।

समितिः यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?

हिमानीः हामीतिर पनि बन्दुक तेर्स्याइरहनु भएको थियो ।

समितिः सरकारहरु चाहिँ उतापट्टी राज होइबक्सेको होला, बारको उतापट्टि ?

हिमानीः डाइनिङ रुम जाने एउटा डोर छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौँ।

समितिः कहाँनेर ?

हिमानीः यतापट्टी साइडमा म थिएँ ।

समितिः अनि त्यो बगौचाँको कुरा ?

हिमानीः बन्दुकहरु पड्केको मात्र सुनेँ।

(अनि हिमानी रोकिइन्)

 

प्रकाशित: Jun 01, 2020| 09:27 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।