सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्यो कहालीलाग्दो दरबार हत्याकाण्ड, १९ वर्षसम्म किन खोजिएन रहस्य ?

त्यो कहालीलाग्दो दरबार हत्याकाण्ड, १९ वर्षसम्म किन खोजिएन रहस्य ?

२०५८ जेठ १९ गते शुक्रबार भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ ।

अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको १९ वर्षमा दर्जनौं सरकार फेरिँदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन् ।

२०५८ जेठ १९ गते शुक्रबार भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।

राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरे पनि अझै घटनाको यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको प्रतिवेदन आउन सकेको छैन।

तत्कालिन छानविन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानविन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ।

दरबारमै कार्यरत उच्च पदस्थ अधिकारीहरुले लेखेको किताबमा पनि दीप्रेन्द्रप्रति नै औंला उठाइएको छ। कतिपयले भने निश्चित व्यक्तिलाई जोगाउन किताब लेखाएको भनेर समेत टिप्पणी गर्ने गरेका छन्। घटनाको निष्पक्ष छानविनको पटक पटक माग हुँदै आएको छ ।

दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए पनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बन्न पुगे।

प्रकाशित: Jun 01, 2020| 08:07 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।