आइतबार, भदौ ७, २०८३

अझै तीन दिन वर्षा नरोकिने

बिहानैदेखि मौसम धुम्मिनुका साथै वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ ।

ठाउँ ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (सोमबार) देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्मिनुका साथै वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् । बुधबारसम्मै आजको मौसम हुन महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो वर्ष प्री मनसुन अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ । बैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

जेठमा पनि अघिल्लो वर्षको भन्दा धेरै वर्षा भएको छ । यो वर्ष मनसुनमा भने औसत मात्रै वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

जेठ १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २० गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी र पूर्वी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Jun 01, 2020| 07:26 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।