नेपालगन्ज- भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली बोकेर फर्किएको हाइस गाडी मध्यरातमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस गाडी रोकिराखेको ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके प्रहरीका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो।
मृतकमध्ये ११ पुरुष र एक महिला छन्। उनीहरुको सनाखत गर्ने कार्य भइरहेको छ भने शव भेरी अस्पतालमा राखिएको छ।
आइतबार राति सवा १२ बजे भएको दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएकाे छ। गाडीमा ३३ जना सवार थिए।
उनीहरूलाई नेपालगञ्ज नाकाबाट उद्धार गरेर सल्यान पठाईँदै थियो।