बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लाका दुई प्रहरीसहित कर्णालीमा थप ४३ जनामा कोरोना

जुम्लाका दुई प्रहरीसहित कर्णालीमा थप ४३ जनामा कोरोना

कर्णालीमा दुई प्रहरीसहित थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जुम्लाका दुई जना प्रहरीमा पनि संक्रमण देखिएको छ ।
 |  सोमबार, जेठ १९, २०७७

देव राना

देव राना

सोमबार, जेठ १९, २०७७

सुर्खेत- पछिल्लो समय कोरोनाको हट स्पट बन्दै गएको कर्णालीमा थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जुम्लाका दुई जना प्रहरीमा पनि संक्रमण देखिएको छ ।

National life

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षे प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना रहेका छन् । जुम्लामा हिमा गाउँपालिका वडा नं १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४ ५, र ६ का ९ जना पुरुष रहेका छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं २, ४, ५ र ९ का १७ पुरुष रहेका छन् । दुल्लु नगरपालिका वडा नं ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् ।

ति मध्ये २ वर्षिया बालक र २ जना महिला रहेका छन् । योसँग दैलेखका कोरोना संक्रमितको संख्या ७२ जना पुग्दा समग्र कर्णालीभर संक्रमित संख्या १ सय ६६ पुगेको छ ।

Shivam cement

प्रकाशित: Jun 01, 2020| 06:14 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।