दैलेख- दुई दिनदेखि खानपिउन नपाएपछि दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले गाउँपालिका घेरेका छन् ।
आइतबार साझ करिब एक सय जनाको समुह बनाएर क्वारेन्टिमा बस्नेहरुले कार्यलय घेराउ गरेका हुन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन् ।
क्वारेन्टिनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गरे ।
गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले मान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन् ।