आइतबार, भदौ ७, २०८३

भारतीयद्वारा बिओपीमा आक्रमण प्रयास

 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् ।

आज विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमण गरी हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेको सशस्त्र प्रहरीका एक प्रहरी अधिकृतले बताएका छन् । जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाईफायर गरेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए।

भारतबाट अवैध सामान लिएर नेपालतर्फ आउन खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै गाउँलेलाई बोलाएर आएपछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमणमा उत्रिएका थिए ।

झण्डै ४० जनाको समूहमा आएका उनीहरुले बिओपीमा आक्रमणको प्रयाससहित हतियार नै खोस्न खोजेपछि तत्काल फायर गर्न बाध्य भएको सशस्त्र प्रहरी जनाएको छ । आज बिहान घटना भएको र अहिले त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए ।

प्रकाशित: May 31, 2020| 19:23 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।