आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौरजहारी घटनाका दोषीलाई कारवाही गर्न गृहमन्त्रीलाई ज्ञापन

चौरजहारी घटनाका दोषीलाई कारवाही गर्न गृहमन्त्रीलाई ज्ञापन

 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

रुकुम पश्चिम चौरजहारी घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ।

दलित अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने आश्वासन दिएका छन्।

यसअघि आजै माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका अगुवाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। चौरजहारी घटनाको छानविनको माग गर्दै उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रर्दशन गरेका थिए।

केही दिनअघि रुकुमको चौरजाहरीमा गैरदलित युवतीसँग प्रेममा परेको दलित युवाले विवाह गर्न युवतीको घरमा पुगेका थिए। सोही क्रममा गाउँलेहरुले युवाको समूहमाथि आक्रमण गरी हत्या गरेका थिए।

प्रकाशित: May 31, 2020| 19:02 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।