मूल्यसूची नटाँसेर सामान विक्री गरेको अभियोगमा बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजले एक हार्डवयर पसललाई ६० हजार जरिवाना गरेको छ।
नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदोस्थित गौरीशंकर ट्रेडर्सलाई ६० हजार जरिवाना तोकिएको कार्यालयले जानकारी दिएको छ।
आइतबार नेपालगंजका हार्डवयर पसलहरुमा गरिएको अनुगमनका क्रममा मूल्यसूची नटाँसेर सामान विक्रि गर्दै आएकाले जरिवानासहित तत्कालै सबैले देख्ने गरी मूल्यसूची टाँस्न निर्देशन दिएको नायब सुव्वा देविलाल चौलागाईले जानकारी दिए।
वाणिज्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालको नेतृत्व गरिउको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख योगेन्द्र कुमार पौडेल, उपमहानगरपालिकाका अधिकृत बिमल गुरुङ, उपभोक्ता हक हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतमलगायतको सहभागिता थियो।