आइतबार, भदौ ७, २०८३

छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

काठमाडौं– देशका बिभिन्न ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

काठमाडौं– देशका बिभिन्न ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

धादिङ र पाल्पामा सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् भने कैलालीमा छतबाट खसेर एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार धादिङको रोराङ गाउँपालिका–७ बाँदरे मोडस्थितमा ना ७ ख ७६७२ नम्बरको ट्रक र लु.१९ प १२२९ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्कर ठोक्कीँदा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका–७ का ५० वर्षीय राजुप्रसाद न्यौपाने हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ पानीमिलमा ना.५ ख ७१९४ टिप्पर पल्टिँदा चालक रिदीकोट गाउँपालिका–५ का ३१ वर्षीय नारायण ढकालको आइतबार बिहान मृत्यु भएको छ।

उक्त टिप्परले लु.२ ख १८९५ नम्बरको टिप्परलाई साईड दिनेक्रममा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ढकालको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–१० का ३३ वर्षीय अमित चौधरीको मिस्त्री काम गर्नेक्रममा घर माथिबाट लडेर आइतबार बिहान मृत्यु भएको छ।

मोतीपुरस्थित निर्मल सिंहको ३ तले घरमा काम गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: May 31, 2020| 17:29 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।