आइतबार, भदौ ७, २०८३

नुवाकोटका डिएफओविरुद्ध भ्रष्टाचार मुद्दा

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जय मंगल प्रसादविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जय मंगल प्रसादविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रसादले खानीसम्बन्धि कामको लागि विभिन्न बहाना बनाई सेवाग्राहीबाट घुस लिएको अभियोगमा अख्तियारले ६ लाख बिगो माग दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रसादलाई सेवाग्राहीबाट लिएको घुस रकम एक लाखसहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको शिलशिलामा प्रसादले चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घुस लिएर मात्र छोडपूर्जी दिएको खुलेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

प्रसादले एक लाख नगदै बुझेर बाँकी पाँच लाख रुपैयाँ काठमाडौंमा दिनु भनेको अनुसन्धानबाट खुलेको कोइरालाले जानकारी दिए।

प्रकाशित: May 31, 2020| 17:20 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।