नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ। कुल संक्रमितमध्ये ११७ जना महिला छन् भने बाँकी पुरुष।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) १६६ जना थपिएपछि संक्रमितको संख्या १५६७ पुगेको हो। यीमध्ये १६२ जना पुरुष र ४ जना महिला छन्।
यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२० जना संक्रमण मुक्त भएका छन्।
अहिलेसम्म देशभर ६९ हजार ५ सय ८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
अहिले देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्।
त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ३ सय ४९ जना आइसोलेसनमा छन्।