सोमबार, भदौ ८, २०८३

पश्चिम रुकुमकाे घटना अनुसन्धानमा खटियाे आयोग टाेली

अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

काठमाडौं-  अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोग टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापपछि शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारका सहयोग पुर्याउन आयोगले जनप्रतिनिधि, राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दासमेतलाई आग्रह गरेको छ।

प्रकाशित: May 31, 2020| 16:07 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।