सोमबार, भदौ ८, २०८३

प्रदेश २ मा थपिए ६० कोरोना संक्रमित

 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

जनकपुरधाम- प्रदेश २ का थप ६० जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आइतबार बिहान यसको पुष्टि गरेको छ।

पुष्टि भएकामध्ये रौतहटमा २९, धनुषामा २१ र सर्लाहीमा १० जना रहेको मन्त्रालयले जनाएको छ।

धनुषामा संक्रमित भएकामध्ये मुखियपट्टी मुसहरनिया गाउँपालिका क्वारेन्टिनका ११, जनकपुरस्थित गोपाल धर्मशाला क्वारेन्टिनका ९ र गणेशमान चारनाथ नगरपालिका क्वारेन्टिनका १ जना रहेको बताइएको छ।

यसैगरी, रौतहटमा दुर्गाभगवती क्वारेन्टिनका ८, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जनामा संक्रमण देखिएको छ। सर्लाहीमा हरिपुर नगरपालिकाका ७ र ब्रम्हपुरी गाउँपालिका क्वारेन्टिनका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार ६० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ, जसमध्ये उपचारपछि ९८ जना निको भइसकेका छन्।

प्रकाशित: May 31, 2020| 14:19 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।