सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ, आमा पनि संक्रमित

बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ, आमा पनि संक्रमित

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

काठमाडौं- जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गरिएको स्वाबमा बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश स्वाथ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बालिकासँगै आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

‘मृत्यु भएकी दुई वर्षीया बालिका र आमा दुबैलाई कोरोना संक्रमण पुष्टि भएको छ तर, बुबालाई भने नेगेटिभ छ’ अवस्थीले भने, ‘तीनै जना बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा थिए।’

मृत्यु हुने बालिकाको घर बुढीगंगा नगरपालिका–१ घर हो। बालिकासँगै आमा बुबा दुबैलाई जेठ १५ गते आइसोलेसनमा राखिएको जिल्ला अस्पतालले जनाएको छ।

भारतबाट आएर गाउँकै धुरालसैन माविको क्वारेन्टिनमा बसेकामध्ये बालिकामा गम्भीर समस्या देखिएपछि जिल्ला अस्पताल लगिएको थियो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। यसअघि सिन्धुपाल्चोक, बाँके, दैलेख, गुल्मी, ललितपुर, पर्सा अर्घाखाँचीमा एक-एक जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: May 31, 2020| 14:23 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।