आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतः बाँदरले लिएर भाग्यो कोरोना भाइरसको टेस्ट स्याम्पल

भारतः बाँदरले लिएर भाग्यो कोरोना भाइरसको टेस्ट स्याम्पल

स्वास्थ्यकर्मीबाट नमुना खोसेपछि बाँदरले रुखमा चढेर उक्त नमुना चपाएको थियो ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

एजेन्सी- यो घटना भारत उत्तर प्रदेशको मेरठ मेडिकल कलेजको हो।

अस्पतालमा कोरोना जाँचका लागि तीन संक्रमितबाट निकालिएको स्वाब खोसेर बाँदर भागेको समाचार भारतीय पत्रिका द वायरले उल्लेख गरेको छ।
स्वास्थ्यकर्मीबाट नमुना खोसेपछि बाँदरले रुखमा चढेर उक्त नमुना चपाएको थियो ।

स्थानीय व्यक्तिहरु भने यो स्याम्पलबाट बाँदर संक्रमित भयो भने त्यसले उक्त क्षेत्रमा संक्रमण फैलाउन सक्छ भनी चिन्तित भएका छन्।

बाँदरले नमूना राखिएको भाँडो खोसेर लगेको दृष्यको भिडियो बनाउने अस्पतालका कर्मचारीलाई अस्पताल प्रशासनले स्पष्टिकरण माग गरेको छ।

यद्यपि, मेडिकल कलेजका प्रिन्सिपलले भने बाँदरले लगेको स्याम्पल कोरोना जाँचका लागि नभई अन्य सामान्य जाँचका लागि भएको दाबी गरेका छन्।

 

प्रकाशित: May 31, 2020| 13:13 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।