आइतबार, भदौ ७, २०८३

दशगजामा सशस्त्र प्रहरी र भारतीयबीच झडप

सर्लाहीको विष्णुपुर गाउँपालिकाको पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

सर्लाहीको विष्णुपुर गाउँपालिकाको पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

अवैध रुपमा सीमा प्रवेश गर्न खोजेका भारतीय नागरिकहरुलाई सशस्त्र प्रहरीले रोकेपछि झडप भएको हो । झडपको क्रममा प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ ।

केही भारतीय नागरिकले अवैध रुपले समान छिराउन खोज्दा नेपाली सुरक्षाकर्मीले रोकेपछि झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए ।

‘दुई तीनजना मानिस अवैध रुपले समान छिराउन खोजेका थिए, नेपाली सुरक्षाकर्मीले समाना छिराउन दिएन्,’ नेपाल समयसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी जीसीले भने,‘नाकाबाट फर्केर गएका उनीहरुले गाउँबाट ५०–६० का साथ आएका उनीहरु सशस्त्र प्रहरीलाई घेरा हालेपछि झडपको अवस्था निम्तियो ।’

सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि घेरा हाल्न खोजेका उनीहरु भागेर भारततर्फ गएको प्रमुख जिल्ला अधिकारी जीसीले बताए । अहिले त्यस क्षेत्रमा अवस्था सामान्य रहेको उनको भनाइ छ ।

 

प्रकाशित: May 31, 2020| 12:12 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।