आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुरामा आइसोलेसनमा राखिएकी दुई वर्षीया बालिकाको मृत्यु

बाजुरामा आइसोलेसनमा राखिएकी दुई वर्षीया बालिकाको मृत्यु

बाजुरामा राखिएकी बालिकाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

काठमाडौं- बाजुरामा आइसोलेसनमा राखिएकी बालिकाको मृत्यु भएको छ।

जिल्ला अस्पताल, बाजुराको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको आयतबार बिहान दुई बजेतिर मृत्यु भएको हो। अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र बिकले उपचारकै क्रममा बालिकाको मृत्यु भएको जानकारी दिए।

भारतबाट आठ दिनपहिले कैलालीको गौरीफन्टा नाका हुँदै परिवारसँग आएकी बालिका ‘गाउँको क्वारेन्टिनमा चार दिन बसेको र बिरामी भएपछि अस्पताल ल्याइएको बिकले जानकारी दिए।

भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको बुझिएको छ।

डा. बिकले अस्पताल ल्याउँदा बालिकामा कडा निमोनिया रहेको र स्वास फेर्न कठिन हुँदा मुटुको चाल बढेको बताए। बालिकासँगै उनका बुबा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको बिकले जानकारी दिए।

प्रकाशित: May 31, 2020| 12:05 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।